You are viewing the translated version of रोक्का तथा फुकुवाको अभिलेख राख्ने.

Section 46
रोक्का तथा फुकुवाको अभिलेख राख्ने
(१) अनुसन्धान गर्ने कार्यालयले कुनै कसूरदारबाट वा निजको तर्फबाट धरौटी वा जमानत लिएको वा कुनै सम्पत्ति वा साधन नियन्त्रणमा लिएको वा रोक्का राखेको विवरणको अभिलेख राख्नु पर्नेछ।

(२) “उपनियम (१) बमोजिमको अभिलेखमा उजुरी दर्ता नम्बर, अभियुक्तको नाम, थर, वतन, सम्पत्ति वा साधनको विवरण, रोक्का राख्ने वा नियन्त्रणमा लिने आदेश भएको मिति, रोक्का राख्ने वा नियन्त्रणमा लिने कार्यालय, रोक्का राख्न वा नियन्त्रणमा लिन लेखिएको पत्रको मिति र्‌ चलानी नम्बर समेतको विवरण खुलाउनु पर्नेछ।

(३) उपनियम (१) बमोजिम रोक्का राखिएको वा नियन्त्रणमा लिइएको सम्पत्ति वा साधन फुकुवा भएमा अनुसन्धान गर्ने निकायले सोको अभिलेख अञच्चावध्चिक गरी राख्नु पर्नेछ।